पृथ्वीराजमार्गमा सडक भासिँदा दुई जनाको मृत्यु, एक जनाको सनाखत

Read Time = 1 min

गोरखा । सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा शुक्रबार बिहान ४ बजे भासिएको सडकबाट बा१०च ४६४९ नम्बरको कार र मोटरसाइकल खसेको थियो।

मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कार मानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ।

नदी किरानबाट प्रहरीले दुई जनाको शव फेला पारेको छ । मृतकमध्य एक जना गोरखाको सिरानचोक गाउँपालिका स्थित छोप्राकका केशव घिमिरे रहेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ। उक्त सडक भासिँदा दुईतर्फी सवारी आवगमन अवरुद्ध भएको छ। पहिरोका कारण सवारी साधनको जाम भएपछि यात्रु अलपत्र परेका छन्।

लामो जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो जामका कारण विशेषगरी बिरामी, ज्येष्ठ नागरिक र बालिबालिकालाई बढी सास्ती भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?