विश्वभरका नेपाली चिकित्सकको सम्मेलन हुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । सबैका लागि मानसिक स्वास्थ्य तथा सुदृढ स्वास्थ्य सेवा वितरण प्रणाली भन्ने नाराका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अस्ट्रेलियामा चौथो विश्व स्वास्थ्य सम्मेलन आयोजना गर्ने भएको छ । उक्त सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मी तथा चिकित्सकको सहभागिता रहने बताइएको छ । एनआरएनएको विश्व स्वास्थ्य समितिले आगामी सेप्टेम्बर १६ देखि १८ सम्म अस्ट्रेलियाको सिड्नीमा सम्मेलन आयोजना गर्न लागेको हो ।

समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले विश्वका सयभन्दा बढी देशमा रहेका नेपालीको स्वास्थ्यकर्मी एउटै छानामुनि ल्याउने सम्मेलन विश्वकै ठूलो भेला हुने बताउनुभएको छ । एनआरएनए-अस्ट्रेलिया, नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ एसोसिएसन, स्टार्स स्का ‘लर्स नेटवर्कको साझेदारीमा सम्मेलन हुन लागेको हो ।

ADVERTISEMENT

समितिका अध्यक्ष डा. सापकोटाको अध्यक्षतामा आइतबार बसेको बैठकले सम्मेलन सफल पार्न एक तयारी समितिसमेत गठन गरेको छ । सापकोटाको संयोजकत्वमा गठित समितिमा डा. राजु अधिकारी (अस्ट्रेलिया), नन्द गुरुङ (अस्ट्रेलिया), डा. सुनिल साह (युके), डा. बोधराज सुवेदी (पोल्यान्ड), डा. शिवप्रसाद श्रेष्ठ (नेपाल), डा. पदम सिम्खडा (युके), डा. सागर पौडेल (नेपाल), चाँदनी जैशवाल (नेपाल), एलिजा केसी (जापान), डा. नितेश अर्याल (कतार), डा. ओम कुर्मी (युके), डा. अलिनी पोखरेल सुवेदी (पोल्यान्ड), डा. लुसुन चालिसे (जापान), डा. प्रभात अधिकारी (नेपाल), डा. प्रकाश श्रेष्ठ (अमेरिका), डा. शर्मिला गुरुङ (हङकङ), प्रसुना कँडेल (युके), डा. पुष्पराज भट्टराई (दक्षिण अफ्रिका), डा. अनुज कँडेल (अमेरिका), मनुजा केसी (अस्ट्रेलिया), अनिशा भण्डारी (नेपाल), डा. चिरञ्जीवी भट्टराई (अमेरिका), डा. उत्तम गाउँले (अमेरिका), बाबुराजा महर्जन (न्युजिल्यान्ड), श्रेया गजुरेल (अमेरिका), डा. सुहेल सापकोटा (नेपाल), रिना केसी (अस्ट्रेलिया) रहेको एनआरएनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सम्मेलनको सल्लाहकारमा डा. हेमराज शर्मा, गौरीराज जोशी, डा. केशव पौडेल, यास्मिन बेगम सैयद, फणिन्द्र पन्त, डा. सन्ध्या चापागाईं (नेपाल), डा. शरदमान ताम्राकार (अस्ट्रेलिया) रहनुभएको छ भने सम्मेलनका लागि मिडिया समितिसमेत गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?