बजेट आर्थिक सुधारको प्रस्थान बिन्दु : चौधरी

Read Time = 5 mins

काठमाडौं । विश्व अर्बपति तथा सांसद विनोद चौधरीले आगामी आर्थिक वर्षको बजेट दोस्रो पुस्ताको आर्थिक सुधारका लागि प्रस्थान बिन्दु बन्न सक्ने दाबी गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभामा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै उहाँले २०४८ सालमा नेपाली कांग्रेस नेतृत्वको सरकारले सुरुवात गरेको आर्थिक सुधारको पहिलो पुस्ताको लयलाई अहिलेको बजेटले आत्मसात गरेको दाबी गर्नुभयो ।

बजेट दूरगामी सोचका साथ नयाँ दृष्टिकोण र कार्यान्वयनमा दृढतासहित आएको भन्दै सांसद चौधरीले आर्थिक सुधारका लागि अर्थ मन्त्रालयले समाएको लयलाई अन्य मन्त्रालयले पछ्याउनुपर्नेमा जोड दिनुभयो ।

पूर्वाधार विकासमा पनि बजेटले सकारात्मक पहल गरेको भन्दै उहाँले काठमाडौं-तराई फास्ट ट्र्याक तीन वर्षमा सम्पन्न गर्न ३० अर्ब, पूर्व-पश्चिम हाइवे विस्तारका लागि ३० अर्ब विनियोजन, रूपन्देहीको सिद्धबाबा, नवलपुरको दाउन्नेलगायतका स्थानमा निर्माण गरिने सुरुङमार्ग, नारायणी नदीमा निर्माण गरिने सिंग्नेचर ब्रिजको अवधारणा, धादिङ गल्छीदेखि चिनियाँ सिमाना केरुङसम्म निर्माण गरिने सडकले नेपालको विकास अभियानमा नयाँ अध्याय सुरू गर्ने विश्वास आफूले लिएको बताउनुभयो ।

मुलुकको विकास र समृद्धि विशेष अभियान दशक २०७९-०८९, प्रधानमन्त्री नेपाली उत्पादन एवं उपयोग अभिवृद्धि कार्यक्रम, आफ्नै उत्पादन आफ्नै उपभोग, मेक इन नेपाल तथा मेड इन नेपाल, वैदेशिक लगानी कानुनमा सुधार, उद्योग सञ्चालन गर्न ५० वर्षसम्म जग्गा लिजमा दिनेलगायतका व्यवस्थाले औद्योगिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने चौधरीको भनाइ छ ।

ADVERTISEMENT

नेपालमा भारत र चीनबाट मात्रै बर्सेनि ५० लाख पर्यटक ल्याउन सकिने भन्दै उहाँले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण प्रयोग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार गरी थप १० लाख पर्यटक ल्याउने योजनाले पर्यटन उद्योगमा नयाँ आशा जगाएको पनि बताउनुभयो ।

बागमतीले ‘गरिखाने अभियान’ सञ्चालन गर्ने
उद्यमशील सोचलाई सीप, प्रविधि, पुँजी र बजारसँग सम्बन्ध स्थापित गराई देशव्यापीरूपमा उद्यमशीलता विकासको अभियानका रूपमा परिचय बनाएको ‘गरिखाने अभियान’ लाई बागमती प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

बागमती प्रदेशको नीति तथा कार्यक्रमको बुँदा नम्बर ९१ मा ‘स्वदेशमै रोजगारी गरौं’ भन्ने नाराका साथ विदेशबाट फर्केका तथा स्वदेशभित्र हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने तर रोजगारी अवसरबाट वञ्चित युवालाई नवीन उद्यममार्फत् स्वरोजगार बनाउन सीप, स्रोत र साधन उपलब्ध गराउने गरी ‘गरिखाने अभियान’ सञ्चालनमा ल्याइनेछ,’ उल्लेख छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद विनोद चौधरीको संयोजकत्वमा गठित लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समितिले यसअघिदेखि नै आफ्नै पहलमा गरिखाने अभियानलाई देशव्यापी बनाएको छ । उद्यमशीलता विकासको यस अभियानको अब प्रदेश सरकारले पनि स्वामित्व लिएको गरिखाने अभियानका अभिशेष पौडेलले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?