शाओमीको रेड्मी १०

Read Time = 1 min

काठमाडौं । शाओमीले रेड्मी १० नेपाली बजारमा ल्याएको छ । नयाँ स्मार्ट फोन सार्वजनिक गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पण्डाले भन्नुभयो, ‘हाम्रो लागि उपभोक्ता नै हाम्रो केन्द्रबिन्दु हुन्, जसले गर्दा हामीलाई शाओमीले प्रयोग गर्ने टेक्नोलोजी सबैका लागि पहुँचयोग्य बनाउन प्रेरित गर्छ ।

ADVERTISEMENT

कम बजेटमा राम्रो पर्फमेन्स खोज्नेका लागि रेड्मी १० सबैभन्दा उत्कृष्ट उत्पादन हो ।’ पछाडिको डुअल क्यामेरा सेटअपमा ५० एमपी प्राइमरी सुटर र २ एमपी डेप्थ क्यामेरा रहेका छन् भने सेल्फी र भिडियो कलका लागि ५ एमपी क्यामेरा रहेका छन् । नेपालमा रेड्मी १० को मूल्य १८ हजार नौ सयदेखि २१ हजार नौ सय ९९ रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?