नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंह

Read Time = 2 mins

काठमाडौं । सरकारले नेपाल प्रहरीमा धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आइजिपी) बनाउने निर्णय गरेको छ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सिंहलाई आइजिपी बनाउने निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो ।

हाल उहाँ अतिरिक्त महानिरिक्षकका रुपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत हुनुहुन्छ । २०२४ मा कर्णाली प्रदेशको दैलेखमा जन्मिनुभएका सिंह ११ चैत २०४९ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गर्नुभएको थियो ।

ADVERTISEMENT

हालका आईजीपी शैलेश थापा क्षेत्रीले प्रहरीको ३० वर्षे सेवा अवधिका कारण १८ वैशाखमा अनिवार्य अवकाश पाउने भएपछि सरकारले सिंहलाई आईजीपीमा बढुवा गरेको हो। २९औं महानिरिक्षकका रुपमा आइतबारबाटै सिंहले प्रहरीको कमाण्ड सम्हाल्ने बताइएको छ। ३० वर्षे सेवा अवधिको नियम कायमै रहे उहाँले अब एक वर्ष प्रहरी संगठन चलाउनुहुनेछ ।

नयाँ आईजिपीका विषयमा प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृषणा खाणलगायत सत्ता गठबन्धनका शीर्ष नेताहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतसँग छलफल गर्नुभएको थियो ।

नेपाल प्रहरीमा धिरजप्रताप सिंहका अलावा विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक आइजिपीका दाबेदार हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?