
काठमाडौं । नेकपा (एमाले) बाट निष्काशित हुनु भएका डा.भीम रावलले पहिलो पटक पत्रकार सम्मेलन गर्नुभएको छ ।
बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै रावलले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशता देखाउँदा आफ्नो सदस्यता खारेजी भएको दाबी गर्नुभयो ।
रावलले 'मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, पार्टीले प्रतिक्रियावादी र देशद्रोही भनिएकाहरू भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाँठ गरी केपी ओलीले देशमा के सुशासन र समाजवाद ल्याउन खोजेको ? भन्दै प्रश्न समेत गर्नुभयो ।
आगामी यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले निरंकुश र अन्यायपूर्ण ढंगले सदस्यता नै खाएपछि पार्टीको कर्मठ सदस्यको रुपमा जीवन पर्यन्त रहिरहने बताउनु भयो ।
रावलले आफूलाई पछिल्लो समय जिम्मेवारी विहीन बनाइएको र पार्टीमा स्थान नदिएको उल्लेख गर्नुभयो आफ्नो व्यक्तिगत स्वार्थ नरहेको बताउँदै देश र जनताको पक्षमा निरन्तर खट्ने उहाँको भनाई छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच