
काठमाडौं । भाटभटेनी सुपरमार्केटका ५४ सदस्य थाइल्याण्ड भ्रमणमा निस्किएका छन् । छदिने भ्रमणका लागि सुपरमार्केटका कर्मचारी, उच्चपदस्थ व्यक्तित्वलाई शुक्रबार कम्पनीले थाइल्याण्ड भ्रमणमा पठाएको हो ।
‘भाटभटेनी रिट्रिट्स टुर’ नाम दिइएको उक्त भ्रमण खासगरी भाटभटेनीले आफ्ना कर्मचारी तथा सदस्यहरूलाई थाइल्याण्डको जीवन्त संस्कृति र व्यवसायबारे जानकारी लिन विभिन्न क्षेत्रको अवलोकन भ्रमणमा पठाएकोे भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले बताउनुभएको छ । भ्रमण टोलीलाई अध्यक्ष गुरुङले एक कार्यक्रमका बीच बिदाइ गर्नुभएको थियो ।
छदिने बसाइपछि टोलीका सदस्य नेपाल आएर त्यहाँ देखेका र सिकेका कुराले फाइदा पुग्ने गुरुङले बताउनुभएको छ । अन्य टोलीलाई पनि विभिन्न चरणमा थाइल्याण्डसहित अन्य मुलुकमा पनि पठाउने तयारी रहेको भाटभटेनी सुपरमार्केटका प्रमुख कार्यकारी अधिकृत पानु पौडेलले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच