उत्तरी क्षेत्रको बाढीले अफगानिस्तानको जीवन अस्तव्यस्त

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आएको बाढीले ठूलो धनजनको क्षति गरेको स्थानीय अधिकारीले बताएका छन् । हालैको भारी वर्षाले प्रान्तको अलीवाद र खानाबाद जिल्लाहरूको बाहिरी भागमा ठूलो क्षति गरेको छ ।

विपद् व्यवस्थापन प्राधिकरणका प्रान्तीय निर्देशक मौलवी मोहम्मद जवादले ३७० आवासीय घर पूर्ण वा आंशिक रूपमा ध्वस्त भएको र १ हजार १ सय एकडभन्दा बढी खेतबारी बगाएको बताउनु भयो ।

ADVERTISEMENT

जवादकाअनुसार प्राकृतिक प्रकोपका कारण हजारौं माछा र सयौं गाईवस्तु बगाउँदा पशुपालन व्यवसायी र माछापालकलाई ठूलो आर्थिक क्षति भएको छ । सर्भे टोलीलाई सहायता उपलब्ध गराउन र क्षतिको मूल्याङ्कन गर्न बाढी प्रभावित क्षेत्रमा पठाइएको जावादले बताउनु भयो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?