
काठमाडौं । ज्योति विकास बैंकका ग्राहकलाई मेडेक्स मल्टिस्पेसियालिटी क्लिनिक एण्ड डायोग्नोस्टिक सेन्टरले २० प्रतिशतसम्म छुट दिने भएको छ । ज्योति विकास बैंक र डायोग्नोस्टिक सेन्टरबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकले क्लिनिकमा इन-हाउस परीक्षण गराउँदा उक्त छुट पाउने भएका हुन् ।
यसअघि बैंकले आफ्ना ग्राहकका लागि काठमाडौंस्थित प्रख्यात ट्र्यांक्विलिटी स्पाका देशभरका १७ वटै आउटलेटमा हरेक सेवा तथा सुविधामा ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको थियो ।
साथै बैंकले लुगासुगा ट्रेडर्समा सामान खरिद गर्दा २२ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ । बैंकले आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याएर समाजप्रति थप उत्तरदायित्व देखाउँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच