
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रिय भुक्तानी स्विचअन्तर्गतको रिटेल पेमेन्ट स्विच(आरपिएस)मार्फत् ५७ खर्बको कारोबार भएको छ । पछिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष कारोबार संख्या र रकमका आधारमा रिटेल पेमेन्ट स्विचको कारोबारमा क्रमशः ४९ र ३८ प्रतिशतले वृद्धि भएको हो ।
हाल सबै कारोबार विद्युतीय माध्यमबाट हुने र धेरैजसो सानो रकमका कारोबार रियल टाइममै हुने भएकाले सबैजसो कारोबार आरपिएसमार्फत् सिधै अथवा राउटिङ र राफसाफका लागि प्रयोग हुने क्रम अत्यधिक वृद्धि हुँदै गएको कम्पनीले जनाएको छ ।
जसअन्तर्गत बैंक/वित्तीय संस्थाका मोबाइल बैंकिङ, भुक्तानी सेवाप्रदायकका वालेट, क्यापिटल मार्केट, इन्स्योरेन्स, रेमिट्यान्स, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, ठूला कर्पोरेट तथा सरकारसमेतका सबैजस्तो कारोबार प्रोसेस तथा क्लियरिङ आरपिएसबाट हुने व्यवस्था रहेको छ ।
उल्लेखित निकायलाई आरपिएसमा नेशनल पेमेन्ट इन्टरफेस (एनपिआई) मार्फत् इन्टिग्रेट गरिएको छ । कम्पनीका अनुसार आरपिएसमा हाल ५२ बैंक/वित्तीय संस्था, २२ भुक्तानी सेवा प्रदायक, दुर्ई भुक्तानी प्रणाली सञ्चालक, सयभन्दा बढी अन्य संस्था र सरकारलगायतका सम्पूर्ण कारोबार गर्ने गरी जोडिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच