
काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई) र युरोपियन युनियन(इयु)का पदाधिकारीबीच द्विपक्षीय व्यापार र आर्थिक सहयोग अभिवृद्धिका विषयमा छलफल भएको छ । सिएनआईले युरोपेली आयोगका उपमहानिर्देशक मिरियाम फेरान, नेपालका लागि इयुका राजदूत भेरोनिक लोरेन्जोलगायत युरोपियन युनियनका विशिष्ट व्यक्तिसँग दुईपक्षीय हितका विषमा छलफल गरेको हो ।
सो अवसरमा सिएनआई अध्यक्ष राजेशकुमार अग्रवालले नेपाल र युरोपियन युनियनबीचको आर्थिक र व्यावसायिक सम्बन्धका विषयमा चर्चा गर्दै नेपालको आर्थिक विकासका लागि इयुले आगामी दिनमा गर्नसक्ने सहयोगका क्षेत्रका विषयमा जानकारी गराउनुभयो । उहाँले युरोपेली मुलुकमा सिधा उडान पुनः सुचारु गराउन आवश्यक सहयोग गर्न आग्रहसमेत गर्नुभयो । सुरक्षा सूचीबाट हटाई नेपालको पर्यटन क्षेत्रमा योगदान गर्न उहाँको आग्रह थियो ।
नेपालका लागि इयुका राजदूत लोरेन्जोले युरोपियन युनियन नेपालको आर्थिक वृद्धि र विकासको यात्रामा सहयोग गर्न प्रतिबद्ध रहेको भन्दै छलफलले दुवै राष्ट्रबीच सहयोग र व्यापार बढाउने सम्भावना उजागर गरेको बताउनुभयो ।
छलफल मुख्यतः व्यापार सम्बन्ध सुदृढ गर्ने, नेपाली उत्पादन इयु बजारमा निर्यात क्षमता वृिद्ध, सन् २०२६ सम्ममा नेपाललाई अतिकम विकसित देशबाट विकासोन्मुखमा स्तरोन्नतिपछिको अवस्था, नेपालका लागि जिएसपी (जनरलाइज्ड स्किम अफ प्रिफरेन्स प्लस) स्थिति सुरक्षित गर्न इयुको सहयोग, नेपालको उत्पादन र आइटी क्षेत्रको सम्भावनालगायत व्यावसायिक लाभ र आर्थिक विकासका विषयमा केन्द्रित थियो । सो अवसरमा सिएनआईका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्ष राजबहादुर शाह, महिला नेतृत्व फोरम सभापति छाया शर्मा, परिसंघका महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी हुनुहुन्थ्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच