
बझाङ । बझाङको बुंगल नगरपालिकामा स्थानियले प्रति परिवार २० हजार रुपैयाँ उठाएर सडक निर्माणको काम अगाडि बढाएका छन् । बुंंगल नगरपालिकाको वडा नम्बर २ स्थित लोछिबगर मजिवन सडक निर्माण उपभोक्ता समितिले सडक निर्माण गर्नको लागि मजिवन टोलमा बसोबास गर्ने प्रति घरपरिवार बाट न्युनतम २० हजार रुपयाँ उठाएर सडक निर्माणको कामलाई अगाडी बढाउने निर्णय गरेको लोछिबगर मजिवन सडक निर्माण उपभोक्ता समितिकाअध्यक्ष धुर्ब बहादुर धामीले बताउनुभयो ।
बुंगल नगरपालिका-२ गिरौं देखि लोछिबगर मजिवन हुदैँ कलौन जोड्ने उक्त सडक निर्माणको लागि आफुहरुले बेला-बेलामा सम्बन्धित निकायलाई गुहार गरेको भएपनि नगरपालिकालगाएत कुनै पनि निकायले सडक निर्माणको लागि बजेट विनियोजन नगरेको कारण आफुहरुले प्रत्येक घरधुरीबाट पैसा उठाएर सडक निर्माणको काम गरिरहेको उहाँले बताउनु भयो । चालु आर्थिक बर्षमा वडा कार्यालयबाट ५ लाखमात्रै वजेट विनियोजन गरिएको र उक्त बजेट सडक निर्माण गर्न अपुग भएपछि केही किलोमिटर भएपनि बढी सडक निर्माण गर्नको लागि आफुहरुले घरपरिवार बाटै पैसा उठाएर सडक निर्माणको कामलाई निरन्तरता दिएको उहाँको भनाई छ ।
त्यहाँका स्थानियले बुंगल नगरपालिका वडा नं २ को दुर्गम गाउँ कलौनबाट वडा कार्यालय पुग्न लगातार ४ घण्टा पैदल हिड्नुपर्ने बाध्यता रहेको छ । गाउँमा यातायातको सुबिधा नहुँदा गाउँका केही मान्छे बिरामी हुँदा तथा अन्य समान ढुवानीका लागि स्थानियले सास्ती भोग्दै आएका छन् ।बुंगल नगरपालिकाका नगरप्रमुख जयबहादुर धामीकै वडाका स्थानियले प्रति परिवार २० हजारका दरले पैसा उठाएर सडक निर्माण कार्यलाई अगाडि बढाएपछि नगर सरकारले केहीगर्न नसकेको भन्दै स्थानियले नगरप्रमुख धामीलको आलोचनासमेत गरिरहेका छन् ।
यता नगरपालिकाका नगर प्रमुख जय बहादुर धामीले भने सडक निर्माण गर्न नगरपालिका बाट ९ लाख बजेट विनियोजन गरेको भएपनि वडा कार्यालयले ५ लाख सडक निर्माणमा र ४ लाख रकम सडक सरसफाईका लागि खर्च गर्ने निर्णय गरेको बताउनु भयो । नगर प्रमुख धामीले डिजेल मात्रै उपभोक्ता समितिले व्यहोर्ने उक्त सडक निर्माणका लागि नगरपालिकाले स्काभेटर उपलब्ध गराएको बताउनुभयाे । उहाँले आफुहरुले सडक निर्माण गर्नको लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने बताउँदै घरपरिवार बाट रकम उठाउन आवस्यक नरहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच