
काठमाडौँ । संस्कृत भाषाका अन्वेषक तिलकप्रसाद लुईटेलको ६१ वर्षको उमेरमा निधन भएको छ ।
मिर्गौला र उच्चरक्तचापबाट पीडित लुइँटेलको आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको उहाँका सहपाठी घनश्याम कोइरालाले जानकारी दिनुभयो ।
लुइँटेलले ऋग्वेद, सामवेद, यजुर्वेद, अथर्ववेद, मनुस्मृति, विदुरनीति, चाणक्यको सिद्धान्त, गरुडपुराण, श्रीमद्भागवतमहापुराण, छान्दग्योपनिषद, शुक्रनीतिलगायत तीन दर्जनभन्दा बढी महत्वपूर्ण ग्रन्थलाई नेपाली भाषामा अनुवाद गर्नुभएको छ । ‘हिन्दू जातिको उत्थान र पतन’ नामक पुस्तक पनि उहाँले हिन्दीबाट नेपालीमा अनुवाद गर्नुभएको जनाइएको छ । लुइँटेलले धेरै पुस्तक संस्कृत भाषाबाट नेपालीमा अनुवाद गरी नेपाली पाठक तथा नेपाली साहित्यलाई गुन लगाउनु भएको छ ।
परिश्रमी र स्वाभिमानी स्वभावका उहाँ अध्ययन, अनुसन्धानमा विशेष रुचि राख्नुहुन्थ्यो । स्वर्गीय लुइँटेलका श्रीमती र एक छोरा हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
स्वर्गीय लुइँटेल हिमालय टाइम्सका स्तम्भकार समेत हुनुहुन्थ्यो । स्वर्गीय लुइँटेलप्रति हिमालय टाइम्स गहिरो दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच