हराएको छोरा नभेटिएपछि परिवार चिन्तित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । दोलखा स्थायी घर भइ भक्तपुरको पुरोना ठिमी ६ बाखाबजारमा परिवारसँगै बस्दै आएका बालक सुरेश गदाल झण्डै तीन हप्तादेखि हराएपनि हालसम्म प्रहरीले फेला पार्न सकेको छैन ।

भक्तपुर पुरानो ठिमीकै जनक सिद्धीकाली सेकेण्डरी स्कूलमा कक्षा छ मा अध्ययनरत १३ वर्षिय गदाल स्कूलबाटै हराएको गदालकी आमा निर्मला गदालले बताउनुभएको छ ।

ADVERTISEMENT

हराएको १९ दिन बितिसक्दा पनि फेला पर्न नसकेपछि गदालको परिवार चिन्तित बनेको हो । छोरा हराएपछि खोजतलासका लागि प्रहरीका साथै बालबालिका खोजतलास केन्द्रमा निवेदन दिएपनि हालसम्म फेला पर्न नसकेको गुनासो गर्दै गदालकी आमा निर्मलाले छोराको खोजी कार्यमा सहयोगका लागि सबैसँग याचनासमेत गर्नुभएको छ । कहीँ कतै भेटिएमा नजिकको प्रहरी कार्यालय वा फोन नम्बर ९८६५३२१३०५ र ९८४३०८१४५९ जानकारी दिन पनि उहाँले आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?