काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा लचिलोपनसहित अर्थतन्त्रका चुनौति सामना गर्नेगरी ल्याउन सुझाव दिनुभएको छ ।
बिहीवार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो सुझाव दिनुभएको छ । उहाँले आगामी मौद्रिक नीति कसिलो र लचिलो मौद्रिक नीति आउनुपर्ने बाहिर चर्चा भइरहेको बताउनु भयो । उहाँले कसिलो र लचिलो मौद्रिक नीतिलाई गाई की त्रिशुल भनेको जस्तो छान्न सकिने विषय नभएको बताउनु भयो ।
उहाँले विगतको मौद्रिक नीति सकारात्मक रहेको भन्दै विगतको मौद्रिक नीतिको सापेक्षित निरन्तरता सहित अहिलेको अर्थतन्त्रलाई सामाना गर्नसक्ने मौद्रिक नीति राष्ट्र बैंकले ल्याउनुपर्ने बताउनु भयो । उहाँले आवश्यक मात्रामा लचिलो बनेर मौद्रिक नीति आउनुपर्ने बताउनु भयो । उहाँले अर्थतन्त्रमा देखिएका नतिजा विगतको मौद्रिक नीतिको प्रभाव भएको भन्ने परीक्षण पछिल्ला आँकडाहरुले दिएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘अर्थतन्त्रमा देखिएका नतिजा विगतको मौद्रिक नीतिको प्रभाव हो । त्यसैले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको परीक्षण पछिल्ला आकडाँहरुले दिएको छ । मौद्रिक नीति ठिक थिएकी थिएनन् भन्ने कुराको मापन गर्ने आधार दिएको छ । आगामी मौद्रिक नीति कसिलो र लचिलो मौद्रिक नीति आउनुपर्ने पदावलीहरु आइरहेका छन् । कसिलो र लचिलो मौद्रिक नीतिलाई गाई की त्रिशुल भनेको जस्तो छान्न सकिने विषय होइन । विगतको मौद्रिक नीति सकारात्मक रहेको भन्दै विगतको मौद्रिक नीतिको सापेक्षित निरन्तरतासहित अहिलेको अर्थतन्त्रलाई सामाना गर्नसक्ने हिसावले आवश्यक मात्रामा लचिलो बनेर मौद्रिक नीति आउनुपर्छ । अर्थमन्त्रालय र राष्ट्र बैंकका बीचमा घनिष्ट,हार्दिकता सम्बन्ध होस् । दुई संस्थाबीचमा राम्रो सम्बन्ध छ भन्ने बाहिर सन्देश गएन भने मुलुकको अर्थतन्त्रलाई लयमा हिँडाउनको निम्ति चुनौति सिर्जना हुन्छ । त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छु । अर्थमन्त्रालय र राष्ट्र बैंकका बीचमा हार्दिक र घनिष्ट र कामकाजी सम्बन्ध होस् । अर्थमन्त्रालय र राष्ट्र बैंककाबीच अन्तरबिरोध र असमझदारी छ भन्ने समाजमा सम्प्रेसन नहोस् । यस्तो भएमा मुलुकको अर्थतन्त्रमा नयाँ समस्या सिर्जना गर्छ ।’
उहाँले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बीच हार्दिक सम्बन्ध हुनुपर्ने बताउनु भयो । उहाँले अर्थ मन्त्रालय र राष्ट्र बंैकबीच हार्दिक सम्बन्ध नराम्रो छ भन्ने सन्देश बाहिर जाँदा विश्वासको वातावरण नबन्ने बताउनु भयो । उहाँले दुई निकायबीच सम्बन्ध नराम्रो भएको सन्देशले मुलुकको अर्थतन्त्रलाई लयमा हिँडाउनको निम्ति चुनौति सिर्जना गर्ने बताउनु भयो। उहाँले अर्थ मन्त्रालय र राष्ट्र बैंककाबीच अन्तरबिरोध र असमझदारी हुन नहुने भन्दै यस्तो भएमा मुलुकको अर्थतन्त्रमा नयाँ समस्या सिर्जना गर्ने पनि दाबी गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच