दिल्लीमा स्कुल बसले कारलाई ठक्कर दिँदा ६ जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

नयाँदिल्ली । विपरीत दिशाबाट तीव्र वेगमा हुइँकिएको स्कुल बसले कारलाई ठक्कर दिँदा ६ जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा दुईजना बालबालिकाको ज्यान गएको छ । दिल्ली-मीरुत द्रुतमार्गमा मंगलबार बिहान भएको उक्त दुर्घटनामा ६ जनाको घटनास्थलमा मृत्यु भएको हो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बस चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीले बताएको छ । निजलाई नियन्त्रणमा लिइएको छ ।

ADVERTISEMENT

यसैबीच, आन्द्र प्रदेशको डार्सीस्थित नहरमा यात्रुबाहक बस खस्दा एकजना सात वर्षीय बालकसहित सातजनाको मृत्यु भएको छ । बसमा यात्रारत ४० जनामध्ये १५ जना गम्भीर घाइते भएका छन् । उनीहरूको घटनास्थल नजिक अवस्थित अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे जानकारी पाउने बित्तिकै प्रहरीको टोली घटनास्थलमा पुगेर उद्दारमा जुटेको थियो । दुर्घटनाको अनुसन्धान थालिएको छ । रासस/एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?