उपराष्ट्रपतिद्वारा संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान

Read Time = 3 mins

काठमाडौं । नेपाली संगीत, नृत्य तथा नाट्यमा लामो समयदेखि योगदान पुर्‍याउका विभिन्न स्रष्टा ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०७९’बाट पुरस्कृत भएका छन् । उपराष्ट्रपति रामसहाय यादवले उपराष्ट्रपति कार्यालय लैनचौरमा आयोजित एक समारोहमा सम्बन्धित कलाकारलाई पुरस्कृत गर्नुभएको हो । पुरस्कार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो १३औं वार्षिकोत्सवका अवसरमा हालै घोषणा गरिएको थियो ।

प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलको सभापतित्व रहेको कार्यक्रममा पुरस्कृत हुने स्रष्टामा ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०७९’ लोक संगीत विधाबाट वरिष्ठ लोक गायक नवीनकिशोर राई, ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०७९’ संगीत विधाबाट वरिष्ठ गायक/संगीतकार तथा गीतकार गणेश रसिक, परम्परागत तथा शास्त्रीय संगीत विधाको ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०७९’ बाट वरिष्ठ संगीतज्ञ विजयकुमार श्रेष्ठ हुनुहुन्छ ।

त्यसैगरी रंगमञ्च विधाबाट ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०७९’ अग्रज रंगकर्मी भैरव क्षत्री र नृत्य विधाबाट ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०७९’ वरिष्ठ नृत्य निर्देशक कुलमान नेपालीलाई प्रदान गरिएको थियो ।

ADVERTISEMENT

सो अवसरमा ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०७९’ नाट्य विधाबाट नाट्य अनुसन्धाता प्रा.डा.रामचन्द्र पोखरेललाई अर्पण गरिएको थियो । पुरस्कृत ६ जना कलाकारलाई नै जनही एक लाख एक रुपैयाँ नगदसहित ताम्रपत्र र दोसल्लाबाट पुरस्कृत गरिएको हो । सो पुरस्कार उपराष्ट्रपति यादव र कुलपति शर्माले प्रदान गर्नुभएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तछाली, भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरको विशेष आतिथ्यतामा आयोजित कार्यक्रममा तीन प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरू, नेपाली संगीत, नृत्य तथा नाटक विधाका वरिष्ठ स्रष्टा, साधक तथा कलाकारको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?