काठमाडौं । शेर्पा आउटडोरको केटिएम सिटीले इरावान मुवाँथाई फाइट जिम टोलीलाई प्रायोजन सहयोग गरेको छ । केटिएम सिटीले अफिसियल पार्टनरका रूपमा इरावान मुवाँथाई फाइट जिमसँग सहकार्य गरेको हो ।
सम्भावना बोकेका नयाँ खेल र खेलाडीलाई सहयोग र प्रवद्र्धन गर्ने उद्देश्यअनुसार इरावान मुवाँथाई फाइट जिमलाई प्रायोजन गरेको केटिएम सिटीले जनाएको छ । सम्झौताअनुसार फाइट जिमलाई आवश्यक पर्ने किट केटिएम सिटीले उपलब्ध गराउनेछ । जिमबाट अन्तर्राष्ट्रिय प्रतियोगिता र प्रशिक्षणमा जाने खेलाडीलाई समेत केटिएम सिटीले आवश्यक किट प्रायोजन गर्नेछ ।
फाइट जिमका तर्फबाट वरुण घले गुरुङ व्यावसायिक फाइट र प्रशिक्षण गर्न दुई महिनाका लागि थाइल्याण्डमा जाँदै हुनुहुन्छ । गुरुङलाई आवश्यक पर्ने खेल किट केटिएम सिटीले प्रायोजन गरेको हो । केटिएम सिटी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य किट प्रायोजक हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच