म्यानमारमा सन् २०२२ मा सेनाको हमलाबाट १६५ बालबालिकाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

नेपेद । सन् २०२२ मा म्यानमारको सेनाको हमलामा १६५ बालबालिकाको मृत्यु भएको थियो । देशको निर्वासित विपक्षी राष्ट्रिय एकता सरकार (एनयूजी) द्वारा सार्वजनिक गरिएको तथ्यांकअनुसार यो वर्ष २०२१ बाट बालबालिकाको मृत्युको संख्यामा ७८ प्रतिशतले वृद्धि भएको छ ।

एनयुजीका लागि महिला, युवा र बालबालिका मामिला मन्त्रालयका प्रवक्ताले जुन्ताले आफ्नो बम विष्फोट र हवाई आक्रमणलाई तिव्र बनाएको र विद्यालयलाई निशाना बनाएको आरोप लगाए । गार्जियनसँग कुरा गर्दै अन्तर्राष्ट्रिय संकट समूहका लागि म्यान्मारका वरिष्ठ सल्लाहकार थोमस केनले भने ‘एनयुजीका तथ्याबं विश्वसनीय देखिन्छन ।’

ADVERTISEMENT

सन् २०२१ को फेब्रुवरीमा  आङ सान सुकीको नागरिक सरकारलाई अपदस्थ गरेपछि सुरु भएको रक्तपातपूर्ण नरसंहारमा हालैका महिनाहरूमा दर्जनौं बालबालिकाको मृत्यु भएका छ । कुपछि हजारौं मानिसहरूले आफ्नो ज्यान गुमाएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?