कुमारी बैंकको १२.५० प्रतिशत लाभांश पारित

Read Time = 1 min

काठमाडौं । कुमारी बैंकको २२औँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ । सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप राणाको अध्यक्षतामा सोमबार काठमाडौंमा सम्पन्न साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

बैंकले हाल दुई सय ३३ सेवा केन्द्र, एक सय ९९ शाखा र ३४ एक्सटेन्सन काउण्टर तथा एक सय ९५ एटिएममार्फत् सेवा प्रदान गर्दै आएको छ ।

ADVERTISEMENT

बैंकको आव २०७८/०७९ मा चुक्ता पुँजी १४ अर्ब ७१ करोडभन्दा बढी रहेको छ भने आव २०७९/०८० को प्रथम त्रैमाससम्म निक्षेप एक खर्ब ७३ अर्ब र कर्जा, सापटी तथा अधिविकर्ष एक खर्ब ६१ अर्ब तथा नाफा एक अर्ब १४ लाख रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?