साकेलाका भूकम्पपीडितलाई राहत बितरण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

खोटाङ । खोटाङको साकेला गाउँपालिका-५ मात्तिमविर्तालाई केन्द्र बनाएर गएको भूकम्पबाट घरमा पूर्ण क्षति पुगेका पीडितलाई राहत वितरण गरिएको छ । गत १५ साउनमा गएको ६ रेक्टर स्केलको भूकम्पबाट घरमा पूर्णरुपमा क्षति पुगेका १४ परिवारलाई रेडक्रसले राहत प्रदान गरेको हो ।

पहिरो चरणमा भूकम्प पीडितलाई प्रतिपरिवार एक थान त्रिपाल, दुई थान कम्बल, बुट्टे कपडा सेट, एक सेट भाँडाकुँडा, बाल्टी लगायतका बन्दोबस्तीका सामान प्रदान गरिएको हो । भूकम्पबाट प्रभावित परिवारको संकटको अवस्थालाई सरल र सहज बनाउने लक्ष्यका साथ गाउँपालिकासँगको सहकार्यमा बन्दोबस्तीका सामग्री वितरण गरिएको रेडक्रसका मन्त्री छत्रकुमार बजिमयले बताउनुभयाे ।

ADVERTISEMENT

भूकम्पबाट १४ घरमा पूर्ण र ४८१ घरमा आंशिक क्षति पुगेको साकेला गाउँपालिकाका भूकम्प फोकल पर्सन नासु सुवास राईले बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?